कर्णाली करिडोर मुगुको खत्याडमा जोडिने

0
Shares

मुगु ।

कर्णाली करिडोर सडकसँग मुगुको खत्याड गाउँपालिका जोडिने भएको छ । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज पुल निर्माण कार्य सकिने अन्तिम चरण पुगेपछि खत्याड गाउँपालिका र कर्णाली करिडोर सडक सम्बन्ध जोडिने भएको छ ।

खत्याड गाउँपालिका र प्रदेश सरकारको करिब ३ करोड ३५ लाख आर्थिक सहयोगमा हुम्ला कर्णाली नदीमा ६० मिटर लम्बाई बेलिब्रिज बन्न थालेपछि खत्याड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि खुसी देखिएका छन् । उक्त पुल निर्माण कार्यको ठेक्का लिएको जल्पा रविचक्र जेबीले फागुन पहिलो साताभित्र काम सक्ने तयारी गरेको छ ।

सुकाढिक झुगलामा बनेको बेलिब्रिजले कर्णाली करिडोर र खत्याड गाउँपालिकाको सडक सम्बन्ध विस्तार हुने पालिकाका अध्यक्ष अजबहादुर शाहीले भने फागुन पहिलो सातामा उक्त बेलिब्रिज प्रयोगमा आएर सवारी साधन चल्नेछन् ।

सुकाढिक झुगलादेखि निमालबोटसम्म सडक निर्माण भइसकेको हुँदा कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निमालबोटसम्म पुग्ने अध्यक्षको भनाइ छ । बेलिब्रिज बनेपछि स्थानीय उत्पादनले समेत बजार पाउँनेमा कृषाक समेत खुशि भयका छन् ।