लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै

0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । आज (बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएको हो ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा राष्ट्रिय सभा उपनिर्वाचनको लागि मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा सत्तारूढ दल नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज हुने चुनावी प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनको लागि सत्तारूढ एमालेबाट रोल्पाका कुमार दसौदी, कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय मैदानमा छन् ।