मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

0
Shares

दिल्ली ।

जिउँदो विषालु सर्पलाई आफ्नो मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्दा भारतका एक साप उद्धारकर्मीको मृत्यु भएको छ ।

एक स्थानीयको घरमा विषालु सर्प पसे पछि उद्धारका लागि बोलाइएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्डवाजी’ गर्दै गर्दै सापले डसेर निधन मृत्यु भएको हो ।

समाचार अनुसार सन्तोषले विषालु सापलाई पक्रेपछि आफ्नो मुख नजिक ल्याएर हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने त कहिले कम्मर र घाँटीमा लपेटने जस्ता अनेक हर्कत गरिरहेका थिए । पक्राउ परेको सापलाई उद्धार गर्नुको सट्टा लामो समयसम्म अनेक हर्कत गरेर गाउँलेलाई देखाइरहेका थिए । साप विषालु भएकाले त्यस्तो हर्कत नगर्न स्थानीयले अनुरोध गर्दा पनि उनले ‘स्टन्डवाजी’ गर्न छाडेनन् । यसअघि उद्धार र पक्राउ गरिएका सापहरुलाई खेत तथा जङ्गलतिर छाडने गरे पनि सापलाई जंगल तिर नछाडेर कपडाले बेरेर आफ्नो घरतर्फ लगे ।

अन्ततः ‘स्टन्डवाजी’ गर्दा गर्दै उक्त सापले सन्तोष कुमारलाई डसिहाल्यो । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई अन्ततः मृत्यु भएको घोषणा गरिदिएका थिए ।