मैतीदेवी प्रहरी विटमा महानगरले चलायाे डोजर

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ। प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।

सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो । मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ ।