एमालेद्वारा केन्द्रीय समिति बैठक आह्वान

0
Shares

काठमाडौं ।

नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेकाे छ  । आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक आह्वान गरेकाे हाे  ।

मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक आह्वान गरेकाे एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहेकाे बताए  ।