राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उर्मिला अर्यालकाे उम्मेदवारी

0
Shares

काठमाडौं ।

राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिँदै छिन्। राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि उनी सम्भवतस् निर्विरोध निर्वाचित हुने सम्भवना छ।

माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उठाउने निर्णय गरेकाे अर्यालले बताइन्। उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्।

माओवादी केन्द्रकाे संसदीय दलको बैठक दिउँसो पौने २ बजे बस्ने तयारि रहेकाे छ  । यसपछि उम्मेदवारी दर्ता हुने अर्याल जानकारी दिइन् ।