पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

0
Shares

एजेन्सी  ।

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ ।

पाकिस्तानको वक्त न्यूज मिडियाले जनाए अनुसार, भेन्टिलेटरमा उपचाररत मुर्शरफको आज निधन भएको हो । ७८ वर्षीय पूर्व सैनिक जनरल तथा राष्ट्रपति मुशर्रफ विगत केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका थिए ।

उनी सन् १९९९ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए । त्यसअघि उनी सैन्य प्रमुख थिए । उनको कार्यकालमा भारतसँग कारगिल मोर्चामा ठूलो युद्द भएको थियो । उनले नवाज शरिफलाई अपदस्थ गर्दै सेनाको सहारामा सत्ता सञ्चालन गरेका थिए ।

पाकिस्तानको अदालत सन् २०१४ मा संविधान मिचेको आरोपमा दोषी ठहर गरेका मुशर्रफ उपचारका लागि सन् २०१६ देखि दुबई बस्दै आएका थिए ।