स्वतन्त्र पत्रकार संघ ललितपुरको अध्यक्षमा नौवाग

0
Shares

ललितपुर ।

स्वतन्त्र पत्रकार संघ ललितपुरको अधिवेशनले उपेश नौवागको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको छ । शुक्रबार ललितपुरमा सम्पन्न संघको चौथौ साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनले उपाध्यक्षद्धयमा इश्वर श्रेष्ठ र कृष्णराज लामिछाने चुनिए ।

साथै सचिवमा किशोर सिलवाल, सहसचिवमा राजेश विश्वकर्मा र कोषाध्यक्षमा दीपक अधिकारी चुनिए । सदस्यहरुमा सरिता थपलिया, शंकर घिमिरे, सिलास सोप, प्रमोद ढुंगेल, मनोज सेन, सीताराम श्रेष्ठ र मनोज खड्का निर्वाचित भए । निर्वाचित सवैलाई संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले सपथ खुवाए ।

Iकार्यक्रममा संघका केन्द्रिय सहसचिव रत्न प्रजापति, कोषाध्यक्ष बद्री दुलाल, सल्लाहकार डा इन्दुल केसी, संघका काठमाडौं अध्यक्ष पुष्करराज पाण्डे, स्वतन्त्र पत्रकार कृष्ण किसीलगायतले स्वतन्त्र पत्रकारिताको महत्वबारे चर्चा गरे ।