आफ्नो बोझलाई हलुका बनाउनुहोस्

0
Shares

सबै मानिसले यो संसारमा गह्रुँगो भारी बोकेका छन् । मानिसमा बढी बोझ परेपछि अर्थात् ऊ बोझिलो हुन थालेपछि दुःखी हुन्छ । जब यति धेरै भारलाई यो काँधमा, यो गर्दनमा बोकेर उचाल्नुपर्ने हुन्छ तब सहन सकिँदैन । त्यसकारण दुःख हुन्छ । सबैलाई यस्तै भइरहेको छ ।

एउटा कथा छ । एकजना मानिस थिए । उनी आफ्नो घरका कारण हैरान भएका थिए । त्यस घरमा यति धेरै सामान थियो जहाँ पाइलो राख्ने ठाउँ पनि थिएन । एकदिन उनी त्यही आफ्नो समस्या सुल्झाउने उपायको खोजीमा गाउँका एकजना विद्वान् व्यक्तिकहाँ गए । उनले आफ्नो समस्या राखे– ‘मेरो एकदमै राम्रो अनि ठूलो घर छ तर के भयो भने अहिले त्यस घरमा पाइलो राख्ने ठाउँसमेत छैन ।’

विद्वान् मानिसले सोधे, ‘घरबाहिर अरू पनि केही छन् त तपाईँसँग ?’
त्यसपछि उनी भन्छन्, ‘हजुर ! केही हाँस पालेर राखेको छु । तिनलाई बाहिर राखेको छु ।’
उनले भने, ‘तिनलाई आफ्नो घरभित्र ल्याएर राख्नुहोस् !’

त्यसपछि उनले हाँसलाई आफ्नो घरभित्र ल्याए । एक हप्तापछि उनी गएर फेरि भने ‘हजुर ! अहिले त समस्या अभैm बढ्यो । पहिला त अलिअलि पाइलो राख्ने ठाउँ थियो । अब त त्यो पनि बाँकी रहेन । जुन अलिकति खालि ठाउँ थियो त्यसलाई पनि हाँसहरूले ओगटिदिए ।’
विद्वान् मानिसले भने, ‘अरू केही छ तपाईँसँग ?’
उनले भने, ‘हजुर ! केही बाख्राहरू छन् !’

त्यसपछि भने, ‘तिनलाई पनि भित्र राखिदिनुहोस् अनि एकहप्तापछि फेरि आउनुहोस् ।’

एकहप्तापछि उनी फेरि भेट्न गए । भने, ‘हजुर ! अब त अभैm धेरै खराब स्थिति भयो । अब त श्वास लिनका लागि पनि घरमा ठाउँ बाँकी रहेन ।’

विद्वान् व्यक्तिले फेरि सोधे, ‘अरू केही छन् त तपाईँसँग ?’
जवाफ फर्काए, ‘हो ! दुई–तीनवटा गाई छन् ।’
उनले भने, ‘तिनलाई पनि भित्र राखिदिनू अनि हप्तादिनपछि फेरि आउनू ।’

एकहप्तापछि उनी फेरि आए । एकदम क्रोधित मुद्रामा भने, ‘हजुर ! तपाईँ कस्तो बुद्धिमान् मान्छे हो ! मेरो घरमा यसो अलिअलि खालि ठाउँ थियो । म तपाईँसँग मद्दत माग्नका लागि आएको थिएँ तर तपाईँले त मेरो घरलाई अभैm धेरै खराब बनाइदिनुभयो !’

विद्वान् व्यक्तिले भने, ‘अब ती हाँस, बाख्रा, गाईहरू सबैलाई बाहिर निकालिदिनू अनि त्यसपछि मकहाँ आउनू ।’ उनले आफ्नो घरबाट सबै हाँस, बाख्रा अनि गाईहरूलाई घरबाट बाहिर निकालिदिए । अर्को दिन खुशी हुँदै आएर विद्वान् मानिससँग भने, ‘अब त मेरो घरमा यति धेरै ठाउँ भयो कि कुरै नगरौँ !’

फेरिएको त केही पनि छैन । उनले केही यस्तो गरिदिए वा त्यस्तो गरिदिए भन्ने पनि केही थिएन । हामीसँग पनि यस्तै अवस्था हुन्छ । हामी जहाँ जान्छौँ त्यहाँ बोझ बोकेर हिँड्छौँ । अनि, यस्ता–यस्ता चीजहरूको बोझ बोक्छौँ जसको कुनै तुक नै हुँदैन । बोझलाई बिसाउनुहोस् अनि अघि बढ्नुहोस् ! नयाँ चीजतर्पm ध्यान दिनुहोस् । यो जीवनमा हेर्नका लागि धेरै कुराहरू छन् । त्यो बाटो बाहिरतिर जाँदैन, त्यो त भित्रतिर जान्छ अनि भित्र आनन्द छ ।

मानिसको स्वतन्त्रता उसको सन्तुष्टिमा निर्भर रहन्छ । जब मानिसमा भित्र स्वतन्त्रता हुन्छ तब त्यो उसको अनुहारमा प्रदर्शित हुन्छ । हामीले एउटा बच्चालाई हे¥यौँ भने ऊ प्यारो लाग्छ । ऊ प्यारो अनि राम्रो लाग्नुको कारण के हो भने, त्यस बच्चाको सुन्दरता उसको सन्तुष्टिमा हुन्छ । अनि, यो संसारको बोझ उसको काँधमा थोपरिएको हुँदैन । अहिले उसको अनुहारमा स्वतन्त्रताको झलक चम्किएको हुन्छ अनि त्यो स्वतन्त्रता भित्रबाट आउँछ ।

एउटा लघुकथा छ । एकजना जवान व्यक्ति थिए । उनी स्नातक गरिसकेपछि आफ्नो घरतिर गइरहेका थिए । उनले बाटामा एकजना निकै वृद्ध मानिसलाई हिँडिरहेको देखे । उनको काँधमा दाउराको एकदमै ठूलो भारी थियो । बोझका कारण उनको गर्दन भुइँतिर झुकिरहेको थियो । त्यसपछि ती नवयुवकले वृद्ध मानिसलाई देखेपछि उनीसँग केही शिक्षा प्राप्त गर्नु आवश्यक ठाने । ती वृद्ध मानिसका छेउमा गएर उनीसँग सोधे, ‘हजुरबा ! तपाईँले आफ्नो जीवनमा धेरै समयदेखि विभिन्न अनुभव बटुल्नुभएको छ । म आफ्नो जीवनको नयाँ शुरुवाती चरणमा छु । के तपाईँ मलाई केही शिक्षा दिन सक्नुहुन्छ ? के कुनै यस्तो कुरा होला, जसबाट म यो संसारमा केही राम्रो काम गर्न सकूँ ?’

ती झुकेका वृद्ध मानिस टक्क अडिए अनि उनले आफ्नो बोझलाई तल राखे । त्यसपछि सीधा भएर उभिए । उनले ती नवयुवकतिर पुलुक्क नजर लगाए अनि फेरि त्यो बोझलाई आफ्नो काँधमा राखेर निहुरिँदै आफ्नो बाटो लागे ।

अर्थात्, ती वृद्ध मानिसले के सङ्केत गरिरहेका थिए भने यो जुन बोझ हामी आफ्नो काँधमा राख्छौँ त्यसलाई यो संसारमा हामीले नै बनाएका हौँ । यो बोझलाई तल राख्यौँ भने हामी पनि उभिन सक्छौँ । तर, यदि यो बोझलाई बोकेर हिँडिरह्यौँ भने जीवनभरि नै हामीले निहुँरिएर हिँड्नुपर्ने हुन्छ । बोझलाई तल राख्नासाथ सबै ठीक हुनेछ भन्ने जान्दाजान्दै पनि हामी त्यो बोझलाई आफ्नो काँधमा लिएर हिँडिरहेका छौँ ।

यदि मानिस आफ्नो समस्या र शङ्काको बोझबाट थिचिएको छ भने बाहिर जति नै स्वतन्त्र भएको नाटक गरे पनि उसको अनुहारमा त्यो कुरा झल्किँदैन । जब मानिसले आफ्नो जीवनमा अन्य सारा चीजलाई भुलेर त्यो सुन्दरता, स्वतन्त्रता अनि शान्तिलाई स्वीकार गर्न थाल्नेछ तब त्यसको प्रकाश, त्यसको चमक त हुन्छ नि ! त्यो चमक अनुहारमा प्रकट हुन थाल्छ ।

तपाईँभित्र जुन अशान्ति छ, त्यो अशान्ति के हो ? त्यो हो, शान्तिको भोक । तपाईँले त्यो साँचो शान्तिलाई आपूmभित्रै अनुभूत गर्नुभएपछि मात्र तपार्इँको जीवनमा अशान्ति हट्नेछ । यदि तपाईँ ठूलो घर बनाएपछि शान्ति हुनेछ भनेर ठान्नुहुन्छ भने यो गलत कुरा हो । घरसँग शान्तिको केही सरोकार छैन । राम्रो जागिरसँग पनि शान्तिको केही सम्बन्ध छैन । राम्रा चीजहरूसँग शान्तिको केही सरोकार छैन ।

यसपछि तपार्इँहरू सबैले यो प्रश्न सोध्नुपर्छ– वास्तविक शान्ति के हो ? सारा संसारमा मानिसहरूसमक्ष म शान्तिको चर्चा गर्दछु । शान्तिका बारेमा मान्छेहरूका जति गलत धारणा छन्, शायद अन्य कुरामा त्यति गलत धारणा नहोलान् । मान्छेहरूलाई साँचो शान्ति के हो भन्ने कुराको अवगतै छैन । मान्छे के ठान्दछ भने, यदि लडाइँहरू बन्द भए भने शान्ति हुनेछ । त्यो शान्ति होइन, त्यो त युद्धविराम हो । लडाइँको मैदानमा पनि त्यो वास्तविक शान्तिको अनुभूति हुनसक्छ ।

सृष्टिकर्ताले सबैथोक बनाएका छन् । मानिसलाई बनाए, सुन्दर बनाए । उनले मानिसलाई सबै कुरा दिएका छन् । सबैलाई सबैथोक दिएका छन् तर मानिसले त्यसलाई चिनेको छैन, बुझेको छैन । पहिचान गरेको छैन । शान्ति के हो र कहाँ छ भनेर परिभाषाहरूमा नै लागेका छन् । मान्छेहरू के भन्दछन् भने, शान्ति तब हुनेछ जब सबै मान्छेहरू झगडा गर्न छोड्नेछन् । मानिसहरू लड्न कहिले छोड्छन् ? जसले लड्नु आवश्यकै छैन, ऊ पनि लड्छ । यसको त कुनै सीमा नै रहेन । त्यसैले वास्तविक शान्ति तपाईँको हृदयभित्रै छ, त्यसको अनुभूति गर्नुहोस् । जबसम्म आपूmभित्र शान्तिको अनुभूति हुँदैन, तबसम्म तपाईँका सारा कुरा अधुरै रहन्छन् ।

अनुभवको कुरा हुनुपर्दछ । तपाईँको जीवनमा यो प्रश्न कहिल्यै पनि हुनुहुुँदैन– शान्ति छ कि छैन ? किनकि तपाईँलाई अवगत हुनुपर्दछ– त्यो शान्ति तपाईँभित्रै छ र तपाईँ त्यसको अनुभूति गर्न सक्नुहुन्छ । त्यसको अनुभूति गर्नुपर्दछ । यसमा केही टिप्पणी आवश्यक छैन । कुनै परिभाषाको आवश्यकता नै हुँदैन । कुनै किताबको आवश्यकता नै पर्दैन । कुनै पनि चीजको आवश्यकतै हुनुहुँदैन । तपाईँभित्र शान्तिको अनुभूति हुनुपर्दछ । जबसम्म त्यसको अनुभूति हुँदैन तबसम्म तपाईँ लागिरहनुहुनेछ, परिश्रम गरिरहनुहुनेछ ।

म त साङ्लो चुँडाउने कुरा गर्दछु, किनकि तपाईँ कैदी हुनुहुँदैन । तपाईँ स्वतन्त्र हुनुपर्छ । भित्रैबाट स्वतन्त्र हुनुपर्छ । मान्छेलाई अज्ञानताको साङ्लोले बाँधेको छ । मान्छे अज्ञानताको साङ्लोमा बेरिएको छ । मान्छेले आपूmलाई स्वतन्त्र छु भन्ने ठान्छ । यथार्थमा स्वतन्त्र त त्यो मान्छे हो जसले आपूmभित्रको शान्तिलाई बुझ्यो, पहिचान ग¥यो । ऊ हुन्छ स्वतन्त्र ! उसका लागि कुनै साङ्लो छैन । उसका लागि अज्ञानता छैन । अज्ञानताले उसको केही बिगार्दैन । किनकि, उसलाई त्यस चीजको अनुभूति भएको छ । स्वयम् आफ्नो ज्ञान भएको छ, जुन उसको हृदयमा अवस्थित छ । एक दिनका लागि होइन, दुई दिनका लागि होइन, तीन दिनका लागि होइन, जीवनभरिका लागि ।

तपाईँलाई म सबैभन्दा ठूलो खुशीको खबर सुनाउँछु । भर्खरै तपाईँभित्र श्वास आयो, योभन्दा ठूलो खुशीको खबर छैन । यो श्वास आयो– जसै आयो, तपाईँ जीवित हुनुहुन्छ । यो जानेछ र फेरि आउनेछ । के तपाईँले यसलाई बुझ्नुभयो ? यो के हो ? के बसेको छ यसमा ?

यो श्वासभित्र कुनै प्रश्न छैन, केही द्विविधा छैन । यसमा वास्तविक शान्ति रहेको छ । यो जुन श्वास आइरहेको छ, यसमा सृष्टिकर्ताले श्वासरूपी कोक्रोलाई हल्लाइरहेका छन् । यो हो मस्ती ! यो हो साँचो मस्ती ! यसमा मस्त हुनुहोस् । यस्तो आनन्द तपाईँले अन्त कतै पाउनुहुन्न । कस्तो आनन्द ! दुःखमा, सुखमा, तपाईँ जहाँ जानुहुन्छ, यसबाट तपाईँ अलग्गिन सक्नुहुन्न । जुन दिन तपाईँ यसबाट वञ्चित हुनुहुनेछ, त्यस दिन सबै गयो । सबै गयो । विचार गर्नुहोस् त, यो हो भगवान्को कृपा । र, यो कृपा तपाईँमाथि भयो, भर्खरै भयो । के तपाईँलाई थाहा छ, यो कहिलेदेखि चलिरहेको छ ? हरेकचोटि यो श्वास चल्दा सृष्टिकर्ताले तपाईँलाई आशीर्वाद दिन्छन् । आफ्नो कृपा तपाईँमाथि गर्छन् ! यसलाई बुझ्नुहोस् । यदि तपाईँ बुझ्नुहुन्न भने म बुझाउन सक्छु । म के भन्न चाहँदिन भने, यदि तपाईँले शान्तिको अनुभूति गर्नु छ भने तपाईँले संन्यास लिनुपर्छ, यदि तपाईँलाई यो चीज चाहिन्छ भने, तपार्इँले आफ्नो परिवार छोड्नुपर्छ । अहँ, होइन ।

जस्तो तपाईँ हुनुहुन्छ, त्यस्तै रहनुहोस् । फुल्नुहोस्, फल्नुहोस् र अभैm प्रगति गर्नुहोस् । म त के भन्न चाहन्छुु भने, जे तपाईँ गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस् तर भित्र पनि फुल्नुहोस्, फल्नुहोस् । तपाईँ आफ्नो जिन्दगीमा के चाहनुहुन्छ, त्यो तपाईँमाथि निर्भर छ । तपाईँलाई उनले शक्ति दिएका छन् । तपाईँ जे चाहनुहुन्छ, गर्न सक्नुहुन्छ । तपाईँ एउटा काम गर्न सक्नुहुन्छ– तपाईँ आफ्नो जीवनमा शान्तिको स्थापना पनि गर्न सक्नुहुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)