सशस्त्र प्रहरी : १५२ जना सहायक निरीक्षकमा बढुवा

0
Shares

काठमाडौं ।

 नेपाल सशस्त्र प्रहरीको प्रहरी हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा १५२ जना प्रहरीलाई बढुवाको लागि सिफारिस गरिएको छ।

साधारण समूह, साधारण उपसमूहतर्फ ८०७ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुलाई कायम मुकायम पदकै जेष्ठता कायम हुने गरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पदमा स्थायी बढुवाको लागि सिफारिस गरिएको हाे ।

प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फ ३ जना कायम मुकायम प्राविधिक सशस्त्र प्रहरी हवल्दारहरुलाई कायम मुकायम पदकै जेष्ठता कायम हुने गरी प्राविधिक सशस्त्र प्रहरी हवल्दार पदमा स्थायी बढुवाको लागि सिफारिस गरिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुद विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र सशस्त्र प्रहरी संगठनको छवि उच्च राख्न विशेष योगदान पुऱ्याएका १६ जना सशस्त्र प्रहरी जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हाे  ।