हवाई यातायात सेवामा दर्दनाक घटनाहरुको नियति



यातायातका विभिन्न साधनहरुमध्ये नेपालमा भौगोलिक विकटता, मौसमी प्रतिकूलता, मानवीय, यान्त्रिक गडबडीको कारणले सडक, हवाई र केही मात्रामा भए पनि जल यातायाततर्पm पनि दुर्घटनाका खबरहरु आई नै रहने यथार्थ हो । सडक यातायातको तुलनामा हवाई यातायात सुरक्षित, भरपर्दाे माने पनि नेपालको सन्दर्भमा बेलाबेलामा भइरहेको हवाई दुर्घटना र यसको कारण ईयुले कालो सूचीमा राखिरहेको पनि दुःखद अवस्था नै हुन् ।

विभिन्न सेवा प्रदान गर्न थरीथरीका ऐन–नियमको व्यवस्था भएभैmँ हवाई यातायात सञ्चालनतर्पm पनि गैरसैनिक हवाई उडान ऐन २०१५, आवश्यक नियमावली, विभिन्न संगठन, सोसम्बन्धी विभिन्न ऐन, नियमावलीहरुको संयोजनबाट विमानस्थल, वायुसेवाहरुले सेवा सञ्चालन गरिरहेको यथार्थ हो । हवाई यातायात सेवा आपैmँमा विशेष प्रकार, प्रवृत्ति, विविध सेवाहरुको संयोजनबाट परिचालित हुने भएबाट आपैmँमा थप चुनौतीपूर्ण, रहस्यमय तथा आकर्षक सेवा भएकोमा समेत शंका छैन ।

यसरी बहुसेवा, विविध जनशक्तिद्वारा प्रदान हुने सेवामा कार्यरत संघ, संगठन, उपलब्ध जनशक्तिको कार्य प्रणाली, सूचनाको प्रभावकारिता, पर्याप्तता, पूूर्णता तथा कार्यप्रवाहको विश्वनीयता, दक्षतामा शृङ्खलाबद्ध कमजोरी भएमा आकस्मिक दुर्घटनाको विकल्प हँुदैन । यसै गरी उपलब्घ भएका नियम आदिहरुको कार्यान्वयनमा नभइरहेको कारण पनि थप चुनौती र खतराजन्य क्रियाकलाप नै भएको मान्न सकिन्छ । यसै गरी कार्यमा मतमतान्तर, नियमहरुको फरक व्याख्या आदि पनि सेवा प्रवाहको गुणस्तरीयतामा ह्रास आउनुको कारक तत्व नै हुन् ।

एउटै संगठनको संगठनात्मक परिपूर्णता (संगठनात्मक र कार्यात्मक) तथा अन्य संगठनसँगको कार्य सहजीकरणको भूमिका (व्यक्तिगत इच्छा, आकांक्षा नभई सेवात्मक लक्ष्यप्रति समर्पित), सेवा प्रवाहको उत्पादकत्व (परिणाम) आदि विभिन्न तत्वहरुको समीक्षा पनि उपलव्ध ऐन–नियमको आधारमा हुनुपर्ने आजको टड्कारो आवश्यकता भएको देखिन्छ ।

आज विश्वमा भएको सूचना प्रणालीको विकासको लहरमा नेपाल पनि अछुतो रहन सक्दैन । सञ्चारको विकास, प्रसारमा व्यापकता आएभैmँ छिटो र छरितो पनि भएको छ तर यसको विश्वसनीयता, दूरगामी प्रभाव, सम्बद्ध निकायको आधिकारिकता आदिबारे पनि गहन विश्लेषण गर्न आवश्यक देखिएको छ । चाहे संगठनको कार्य प्रणाली होस्, चाहे सूचना प्रवाहको अपूरो, अप्राप्तता दुवै नै झन् घातकसिद्ध हुन्छ भने यसले थप अन्योलको स्थिति सृजना गर्न सक्नेतर्पm सबै थप सचेत हुुन पनि आवश्यक देखिन्छ ।

एक विषयको ज्ञाता भईकन अन्य विधाहरुमा पनि विशेषज्ञको रुपमा दर्शाउने, आफ्नो विषयभन्दा फरक विषयमा गरेको व्याख्या (गलत) ले पनि समाज सेवामा परिरहेका घातक परिणामप्रति सचेतमात्र नभई यस्तो प्रवृत्तिमा रोकसमेत लगाउन अति आवश्यक देखिन्छ ।

समाजमा भइरहेको सञ्चारको प्रवाह, यावत् खालको समाचार, जनआकांक्षा, विभिन्न जिल्लाहरुमा विमानस्थलको माग गर्ने परिपाटी तर स्तरीय हवाई यातायात सेवाको माग र सोको लागि चाहिने अन्य अन्तर सम्बन्धित विषयवस्तुहरुप्रति गौण रहनु पनि सेवाको मर्मप्रति आहत गरेको नै भन्न सकिन्छ कि सकिँदैन ? देशको विभिन्न भौगोलिक अवस्थामा फरक–फरक परिवेश, दुःख आदिको अवस्था वास्तविक हो तर यसको विकल्पको रुपमा सक्षमता, सांगठनिक पूर्णताविनाको हवाई सेवाको माग गर्न तथा सञ्चालन कतिको जायज हुनसक्छ र ?

प्रसंगवश गएको माघ १ गते भएको हवाई दुर्घटनासम्बन्धी विभिन्न अड्कल, कुराकानी, छलफल गर्नुभन्दा गठित आयोगले यावत् क्षेत्रको गहन विश्लेषणसहित प्रतिवेदन प्रकाशन गरुन्, जसबाट भविष्यको लागि एउटा सबल मार्गदर्शनको रुपमा लिन सकून् । प्राविधिक जाँचको प्रतिवेदन फौजदारी अभियोजनको प्रयोजनार्थ प्रयोग त हँुदैनन्, खाली थप दुर्घटना नहुने उपायको पहिचानमा केन्द्रित हुने प्रतिवेदन हो । यसको पनि आफ्नै महत्व भएको इन्कार गर्न सकिँदैन ।

गैरसैनिक हवाई उडान ऐनको प्रस्तावनामा उल्लेख भएबमोजिम ‘हवाई यातायातबाट राष्ट्रलाई अधिकतम फाइदा प्राप्त हुने गरी सिभिल एभिएसनको विकासलाई प्रोत्साहन हुने परिस्थिति सिर्जना गर्न सिभिल एभिएसनलाई नियन्त्रित र व्यवस्थित गरी शान्ति र व्यवस्था एवं सर्वसाधारणको सुविधा कायम राख्न वाञ्छनीय’’ भएको मर्मबमोजिम हवाई यातायात सञ्चालन, व्यवस्थापनमा संलग्न सबै निकायको मूल मून्त्र हुनुपर्नेमा शंका छैन । यसै गरी विभिन्न नियम बनाउने अधिकार भएभैmँ ‘हवाई उडानको सन्दर्भमा सर्वसाधारणको जीउज्यानको रक्षाको लागि आवश्यक कुनै उपाय अवलम्बन गर्ने’ सम्बन्धमा पनि नियमहरुको कार्यान्वयन परिपालनमा अझ सम्बद्ध सबै पक्ष अझ थप चनाखो हनुपर्ने आवश्यकता भएकोमा शायद दुईमत नहोला ।

विभिन्न प्रकारको अपराध र दण्ड सजायको विवरण केही बुँदागत रुपमा उल्लेख गर्न सान्दर्भिक हुने ठान्छु ।

(क) अनधिकृत प्रवेशसम्बन्धी अपराध
(ख) हवाई क्षेत्र अतिक्रमणसम्बन्धी अपराध
(ग) वायुयानको गैरकानुनी कब्जा र अपहरणको अपराध
(घ) हवाई उडानको सुरक्षाविरुद्धको अपराध :१) उडानमा रहेका वायुयानभित्र कुनै व्यक्तिविरुद्ध हिंसात्मक काम कारबाही गरेमा वा त्यस्तो काम कारबाहीले वायुयानको सुरक्षामा खतरा हुने सम्भावना भएमा ।
२) सेवामा सञ्चालित वायुयानलाई नष्ट गरेमा वा त्यस्तो वायुयानलाई उडानको लागि असक्षम बनाई वा उडानमा त्यसको सुरक्षामा खतरा हुने सम्भावना पारी क्षति पारेमा ।
३) भूमिस्थ वायुयान वा वायुयानमा जडित पार्टपूर्जा वा उपकरण वा हवाई परिवहनसम्बन्धी सुविधाहरू (फेसिलिटिज) वा सञ्चार उड्डयन सहाय उपकरण वा अग्नि निवारण वा जीवनोद्धार सेवा तथा सुरक्षा उपकरण वा सो सम्बन्धी मालसामान वा वस्तु आदि नष्ट गरेमा ।
४) असत्य हो भन्ने जानी–जानी कुनै सूचनाको सञ्चार गरी उडानमा रहेको वायुयानको सुरक्षामा खतरा पैदा गरेमा ।
(ङ) वायुयानको सुरक्षाविरुद्धको अपराध
(च) विमानस्थल सुरक्षा विरुद्धको अपराध
(छ) हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको अपराध

यो ऐनमा दण्ड सजाय, अपराधका व्याख्याहरुसहित नियम उल्लंघन गर्नेलाई दण्ड सजायमा तीन महिनासम्म कैद वा दश हजार रूपियाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरेको मननीय छ ।

यसै गरी अपराधको फलस्वरूप वायुयानमा रहेका कुनै व्यक्तिको मृत्यु भएमा वा वायुयान नै ध्वस्त भएमा अपराध गर्नेलाई जन्मकैद र मतियारलाई जन्मकैद वा पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र अपराधी र मतियारको सम्पत्तिसमेत जफतको समेत व्यवस्था गरेका देखिन्छ । यसबाट पनि हवाई यातायात क्षेत्रमा संलग्न विभिन्न निकाय, कर्मचारी, यात्रु, आमजनमानससमेत सुरक्षित हवाई यातायातको तथा अन्जानमा समेत अपराध हन जानेतर्पm समेत सचेत भई यो ऐनको परीधिभित्र बस्नुपर्नेमा शायद विमति होला ।

यस परिवेशमा मुलुकी फौजदारी कार्यविधि (संहिता ऐन) २०७४ उल्लेख भएका उजुरी तथा फौजदारी मुद्दा र सो सम्बन्धी अनुसूची १ बमोजिम गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन दफा ९ (क) को अन्तर्गतको कसुुर लागू हुने उल्लेख भएबाट हवाई यातायात सेवालाई थप गहन जिम्मेवारी र विस्तृत परिमार्जनको सहित कार्य गर्नुपर्ने थप चूनौती देखिएको यहाँ स्मरणीय छ ।

हवाई यातायामा हुने दुर्घटनाबाट जनधनको क्षति हुनबाट बचाउन स्तरीय र भरपर्दो सेवा प्रदान गर्न सक्षमता बनाउन तथा सही र आवश्यक सूचनाको प्रवाह गरी सेवा दिन सबै निकायको कर्तव्य भएकोमा दुई मत नहोला । दुर्घटना मानवीय कारणले भएको हुने वा यान्त्रिक कारणले, यसमा घटी–बढी, प्रत्यक्ष–अप्रत्यक्ष विभिन्न व्यक्ति, समूह, संगठनहरुको भूमिका पनि रहन्छ नै । कार्य प्रणालीमा भएको दोष, मानवीय र यान्त्रिक त्रुटि नै भए पनि यी सबैको मूल कारक संगठनको (विभिन्न संगठन, एउटालाई दोष दिएर पन्छिन सकिँदैन) त्रुटि तथा त्रुटिपर्ण संगठन र अपूरो कार्य प्रणालीकोे लागि राष्ट्र पनि जिम्मेवार भएकोमा शायद शंका होला ।

यस परिवेशमा यात्रुहरुको अधैर्यता, बाध्यता, विभिन्न वर्गहरुको दबाब, वायुसेवाहरुको क्षमता, प्रतिपर्धा ( अस्वस्थ), विमानस्थल सञ्चालकको भूमिका आदि तत्वहरुसमेत स्तरीय र भरपदो हवाई सेवाको बाधा अवरोध भइरहेको तथ्यलाई पनि नकार्न सकिँदैन । दुर्घटना अग्रिम सूचना दिएर आउने होइन, सबैको केही न केही भूमिका हुन्छ नै । यसको रोकथामका लागि विमानस्थल सञ्चालक वायु सेवा, विमानस्थलमा कार्यरत विभिन्न निकायहरुको अन्तरसम्बन्ध, कार्यविधि (एकीकृत), सुरक्षित हवाई यातायात सञ्चालनमा आ–आफ्नो निकायको भूमिकाबारे थप समन्वय र बेग्लै संयन्त्रको समेतको जरुरी देखिएका छ ।

जाँचबुझ आयोगका कार्यसीमा, यसको प्रतिवेदनबाट थप सुधारको अपेक्षा गर्न सकिन्छ तथा विगतका प्रतिवेदनहरुको आधारमा पनि केही सधार नै नभएको भन्न सकिँदैन तर पर्याप्तताको सवाल र अझ फराकिलो विषयवस्तु समेटिन सक्नुपर्ने थप बिहङ्गम दृष्टिकोणको आवश्यकता महसुस हुन्छ । गैरसैनिक हवाई उडान ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता ऐन २०७४) समेत आकर्षित भएको अवस्थाबारे जनसचेतना, कार्यप्रणालीमा व्यापक सुधार तथा व्यवहारमा उतारी, समयसाक्षेप परिवर्तनमुखी हवाई यातायात सेवाको माध्यमबाट जनधनको सुरक्षाको प्रत्याभूतसहितको सेवा नै आजको वस्तुपरक माग हुनसक्छ । पीडित परिवारहरुको लागि हार्दिक समवेदना व्यक्त गर्न र अन्य सेवाहरु छिटोछरितो उपलब्ध गराउन पनि हवाई यातायात सेवाकै अंग भएको अनुभूति हुन्छ ।

यातायातका विभिन्न प्रकारका सेवाहरुको स्तरीयतामा अभिवृद्धि गरी थप जनधनको नोक्सानी हुन नदिन राज्यका सम्बद्ध निकायहरुको थप सजगता, कार्यविधिमा समन्वयको आवश्यकतासमेत जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्