वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमालेका भण्डारी निर्वाचित

0
Shares

काठमाडौं ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् ।

संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् । शुक्रबार भएको संघको २९ औं साधारणसभाको निर्वाचनमा मञ्चका उम्मेदवार रहेका राजेन्द्र भण्डारीको प्यानलले ९ पदमध्ये ५ पदमा जित निकालेको हो ।

भण्डारीले १९९ मत प्राप्त गरी विजयी भएका हुन् । भुवनसिंह गुरुङ १५७ मत पाए थिए भने, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरेका थिए । भण्डारी प्यानलबाट अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री, दितिय उपाध्यक्षमा सन्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिबमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घलेले विजय भएका छन् ।

सो प्यानलबाट सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल, देउमान नेम्वाङ, आनन्दप्रसाद कोइरालाले विजय प्राप्त गरेका हुन् । यसैगरी अन्य सदस्यामा बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् । भन्डारी प्यानलले २२ बुँदे घोषण पत्र बोकेर चुनावमा गएको थियो ।