मार्टिन लुथर किङ दिवसमा गोली चल्दा ८ जना घाइते

0
Shares

एजेन्सी ।

अमेरीकाकाे फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ । फोर्ट पियर्समा आयोजित कार्यक्रममा १ हजारभन्दा बढी मानिसहरू भेला भएका थिए ।

गोली लागेर घाइते भएका ८ जनालाई घटनापछि अस्पताल लगिएको थियो । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको सीएनएनले जनाएको छ ।