आठ महिनामा जबरजस्ती करणीका २१ मुद्दा

0
Shares

काभ्रे ।

घटना १
देवीन्द्रकुमार विष्ट । महाभारत गाउँपालिकाका वडा नम्बर ३ सिद्धेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक । २०७८ फागुन १२ गते विहान ११.४५ बजे शिक्षक विष्टले कक्षामा बालबालिकाहरुलाई मोवाईल मार्फत यौनजन्य अश्लिल श्रब्यदृश्यहरु देखाएको अभियोगमा २७ जना छात्रछात्राहरुले प्रहरीलाई उजुरी गरे । कक्षा ८ मा अध्ययन गर्ने बालबाकिलाहरुको उजुरीका आधारमा शिक्षक विष्ट पक्राउ परे । पक्राउ परेका शिक्षक विरुद्ध बाल यौन दुब्र्यबहार सम्वन्धी मुद्दा दर्ता भएको छ । ४२ बर्षीय शिक्षक विष्टको मुद्दा फैसला भएको छैन ।

घटना २
२८ बर्षीया अपाङ्ग तथा बक लाटो भई हिडडुल समेत गर्न नसक्ने महिलालाई नमोबुद्ध नगरपालिका वडा नम्बर ३ चरुवामा जबरजस्ती करणी भएको छ । २०६९ असोज २५ गते दिउसो २ बजे घरमा कोही नभएको मौका छोपेर नाताले आफन्त पर्ने ५७ बर्षीय पुरुषले जबरजस्ती करणी गरेका थिए । साँझ घरमा आफन्त आए पछि उनको शरिरका विभिन्न अंगबाट रगत बगेको देखे पछि जबरजस्ती करणी भएको अनुमान गरी प्रहरीलाई खवर गरिएको थियो । जन्मजात नै अपाङ्गता भएकी महिला माथी हाडनाता जबरजस्ती करणी भएको अभियोगमा जिल्ला अदालतमा २०७९ कार्तिक ६ गते अभियोग दर्ता गरिएको छ ।

घटना ३

डाँडागाउँमा एउटै परिवारका दुई छोरीलाई ८३ बर्षीय आशमान तामाङले आलोपालो जबरजस्ती करणी गरे । शुरुमा १५ बर्षीया दिदीलाई करणी गरेका तामाङले केहि समय पछि १० बर्षीया बहिनीलाई पनि करणी गरे । २०७४ बैशाख २५ गते मल बोक्न बोलाएर घरमा नै जबरजस्ती करणी गरेका आशमान विरुद्ध प्रहरीकोमा जाहेरी दिए पछि मात्रै दिदीलाई पनि पटक पटक जबरजस्ती करणी गर्ने गरेको रहस्य खुलेको थियो । मल बोक्न आउँदा ५ सय रुपैया दिने शर्त बनाउँदै उनले पटक पटक आफ्नो घरमा बोलाउने गरेका थिए । पैसाको लोभमा परिवारका सदस्यले पनि उनीहरुलाई काममा पठाउने गरेका थिए । फेरी ८३ बर्षीय जेष्ठ नागरिकले नाबालिक छोरीहरु माथि गिद्दे नजर लगाउने कल्पना समेत नगरेका अभिभावकहरु घटना सुन्दै छाँगाबाट खसे झै भएका थिए । प्रहरीको अनुसन्धान पछि १० आशमान तामाङलाई अभियोग दर्ता गरिएको थियो । २०७९ भदौ ३ गते उक्त मुद्दाको फैसला भएको छ । आशमानलाई जेल सजाय सुनाईएको छ ।

माथि उल्लेख गरिएका घटना जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चलिरहेका मुद्दाका केहि उदाहरण हुन् । अदालतमा जबरजस्ती करणी, शरिर बन्धक लिई जबरजस्ती करणी, बाल यौन दुब्र्यबहार, जबरजस्ती करणी उद्योग, हाडनाता करणी सम्वन्धी मुद्दा चालु वर्षमा ३३ वटा दर्ता भएका छन् । यो वर्षको पाँच महिनामा मात्रै २१ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्लामा सबै भन्दा धेरै अपराधिक घटनाका रुपमा यिनै मुद्दा दर्ता भएका छन् । ३३ वटा मध्ये ११ वटा मुद्दा फैसला भएका छन् । दर्ता भएका मध्ये जबरजस्ती करणी उद्योगका ३ वटा छन् । सिपाघाटका लालबहादुर राई, पाँचखाल आपँघारीका रामकुमार क्षेत्री र तेमाल कानपुर भोरझ्याङ्गबेशीका माईला भनिने इन्द्रबहादुर कामी छन् । माईलाले अपाङ्ग भएकी महिलालाई जबरजस्ती करणीको प्रयास गरेका थिए भने लालबहादुर र रामकुमार क्षेत्रीले पनि महिलालाई जर्बजस्ती करणीको प्रयास गरेका थिए । चालु वर्षको ८ महिनामा २१ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका मुद्दा मध्ये हाडनाता करणीमा तीनवटा छन् । केहि अपाङ्गता भएका महिलालाई आफन्तबाटै जबरजस्ती करणी भएको अभियोग दर्ता भएको छ । तीनवटा मध्ये तीन जना आफन्त छन् । चालु वर्षमा ६ वटा मुद्दा बाल यौन दुब्र्यवहारका छन् । बालबालिकाहरुलाई शिक्षक आफैले कक्षा कोठामा अश्लिल सामाग्री देखाएको भन्दै उजुरी परेको थियो ।

महाभारत गाउँपालिकाका एक विद्यालयका शिक्षकले कक्षा कोठा भित्रै अश्लिल सामाग्री देखाएको अभियोग छ । सिम्थलीका पदमबहादुर खत्री, रेवन्तमणी अधिकारी, दुधराज घिसिङ्ग, विरबहादुर तामाङ र दिर्घ सिं तामाङ बाल यौन दुब्र्यवहार मुद्दामा पक्राउ परेका छन् । फैसला भएका ११ वटा मुद्दा मध्ये जबरजस्ती करणी अभियोगका १० वटामा दावी पुगेको छ । बाल यौन दुब्र्यवहार मुद्दामा भने आंशिक दावी पुगेको ठहर अदालतले गरेको छ । श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेका अनुसार जबरजस्ती करणी सम्वन्धी मुद्दाहरुमा प्रमाण बुझ्ने तथा विविध कारण फैसलामा ढिलाई हुन पुग्छ ।