रोजगारी सिर्जना गर्न सामूहिक लगानी आवश्यकता : चेम्बर अध्यक्ष मल्ल



पोखरा ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामुहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष मल्लले भने,‘आर्थिक विकास र समृचिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ । प्रत्येक बर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भईरहेका छन, ।’ उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए ।

कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाई छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरि योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराए ।विद्यार्थीले विश्वविद्यालयमा पठन पाठनसंगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाईदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अध्यक्ष मल्ले जोड दिए ।सामूहिक लगानीमार्फत आर्थिक समृद्धि र रोजगारी सिजर्ना गर्न सकिने अध्यक्ष मल्लको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्