नेपाली दूतबास टोकियोको पहिलो घुम्ती सेवा सम्पन्न

0
Shares

जापान  । 

नेपाली दूतबास टोकियोको आयोजनमा दूतबासबाट दिँदै आएको सबै सेवाहरु सहितको घुम्ती सेवा, शनिबार जापानको साईतामा (केन) प्रान्तबाट शुरु भएको छ ।

गैर आवसीय नेपाली संघ (एनआरएन) जापानको सहयोगमा नेपाली राजदूतबास टोकियोले सेवाग्रहीहरुको अनुरोधलाई सम्बोधन गर्न जापानमा विभिन्न ६ स्थानबाट घुम्ती सेवा दिने निर्णय अनुसार पहिलो घुम्ती सेवा साईतामा क्षेत्रको खावागएबाट शुरु गरेको हो ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले पहिलो सेवाग्राही डेक राज अर्यालको ईपासपोर्टको फोटो खिचेर शुरुवात भएको पहिलो घुम्ती सेवाबाट करिब ५० जनाले सेवा प्राप्त गरेको नेपाली राजदूतबास टोकियोका प्रथम सचिव जित बहादुर कार्किले जानकारी दिए ।

दोस्राे  घुम्ती सेवा जनवरी २८र२९ तारिक नागोयामा हुनेछ त्यसैगरी फेब्रोवरी ११र१२ गुम्बाकेन, मार्च ४/५ सेन्दाई, एप्रिल १र२ फुकुओका, एवं अन्तिम घुम्ती सेवा एप्रिल २९/३० ओसाकामा सम्पन्न हुने नेपाली दूतबास टोकियोले जानकारी दिएको छ । घुम्ती सेवामा विद्युतीय राहदानी एवं अन्य कन्सुलर सेवाहरु प्रदान गरिएको छ ।

करिब १ लाख ३० हजार नेपालीहरुको बसोबास रहेको जापानमा टोकियो बाहेक अन्य क्षेत्रहरुमा पासपोर्ट सहित कन्सुलर सेवाका लागि टोकियो नै आउनु पर्ने झन्झटलाई कम गर्न घुम्ती सेवा गरिएको घुम्ती सेवामा आई सेवा लिन एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेलले सबै जापानवासी नेपालीलाई आग्रह गरेका छन्  ।

सरकारले एमआरपी सगै (ईपासपोर्ट) विद्युतिय पार्सपोर्ट लागु गरेपछि तोकिएको स्थानमा नै आउनु पर्ने नियमलाई नेपाली दूतबास जापानले एनआरएन जापानको सहयोगमा जापानका विभिन्न ९केन० क्षेत्रहरुमा घुम्ती सेवा मार्फत सेवा उपलब्ध गराएको हो ।

शनिबार सम्पन्न घुम्ती सेवामा नेपाली राजदूतबासका तर्फबाट राजदूत सहित उपनियोग प्रमुख अम्बिका जोशी, प्रथम सचिव जित बहादुर कार्की, तीतृय सचिव ज्ञानहरी ज्ञवली, एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल वरिष्ट उपाध्यक्ष नविन न्यूउरे, उपाध्यक्ष संगिता अधिकारी, महासचिव सिद्दार्थ श्रेष्ठ, महिला संयोजक अन्जु भन्डारी, प्रवक्ता शुभाष लामिछाने एवं सदस्यहरु मनोज श्रेष्ठ, सचिन आचर्यको उपस्थिती रहेको थियो ।