गाँजा मुद्दाका फरार लावती कारागार चलान

0
Shares

झापा।

लागूऔषध गाँजा मुद्दाका फरार भिम कुमारी लिम्बु लावतीलाई प्रहरीले पक्राउ गरेको छ ।

कमल गाउँपालिका– ३ की ३८ वर्षीय लावतीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाको २०७७ असोज १५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा ७ महिना कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।