तपाईंको वास्तविक गन्तव्य र प्रविधिको सदुपयोग



तपाईं आफ्नो जीवनमा कुशल हुनुहुन्छ या हुनुहुन्न भन्ने कुराले निकै ठूलो महत्त्व राख्छ, किनभने ‘तपाईँलाई यो मानिसको शरीर प्राप्त भएको छ’, यो सबैभन्दा ठूलो कुरा हो । दोस्रो कुरा त ‘तपाईं जीवित हुनुहुन्छ ।’ यसको अर्थ के हो भने तपाईँभित्र यो श्वास आइरहेको छ र गइरहेको छ । चाहे जेसुकै भए पनि, तपाईँको जीवनमा जे–जस्तो दुःख भए पनि तपाईँ कति भाग्यशाली हुनुहुन्छ भन्ने कुरालाई तपाईंले सधैँ ध्यान दिनु आवश्यक छ ।

तपाईं शिक्षित हुनुहोस् या नहुनुहोस् । यसको सम्बन्ध तपाईँले जागिर खाने कुरासँग गएर जोडिएला । तथापि, तपाईं पढाइ–लेखाइमा सक्षम नहुनुभए पनि केही छैन किनभने मैले कुरा गरिरहेको पुस्तकलाई पढ्नका लागि आँखाको आवश्यकतै पर्दैन । त्यो पुस्तकलाई पढ्नका लागि हृदयको आवश्यकता पर्दछ अनि त्यो तपाईंसँगै छ ।

जबसम्म तपाईँले आफ्नो हृदयबाट ‘मलाई के प्राप्त भएको छ र वास्तवमा शान्ति नै मैले खोजेको चीज हो अनि त्यो बाहिर होइन, मभित्रै प्राप्त हुन्छ’ भन्ने दृष्टिकोणले हेर्नुहुन्न तबसम्म सबै कुरा प्राप्त भएर पनि केही छैन ।

एउटा सानो कथा छ । एकजना मानिस पहाडको माथिल्लो भेगमा एउटा सानो छाप्रो बनाएर बसेका थिए । बिहान जब चराचुरुङ्गीको चिरबिर आवाज सुनिन्थ्यो तब उनी उठ्ने गर्थे । उठेपछि उनी अँगेनामा आगो बालेर चियाको चुस्की लिने गर्थे । एकदिन उनी त्यसै गरी उठे तर उनले केही देख्न सकेनन् । उनलाई लाग्यो– आज सूर्य नै ढिलो उदाउने रहेछ क्यार ! निकै नै अँध्यारो थियो । त्यो रातमा जून पनि लागेको थिएन । अँध्यारैमा उनले सलाई खोजेर आगो बाल्ने काम गरे । त्यो आगो पनि उनले देखेनन्् । उनलाई लाग्यो– आजको आगो पनि प्रकाश नदिने खालको परेछ क्यार ! तातोचाहिँ भइरहेको छ तर प्रकाश दिइरहेको छैन । त्यसपछि उनी बाहिर निस्किए । उनको शरीरमा सूर्यका तापका कारण गर्मी महसुस पनि भयो । तर पनि, उनले सोचे– ‘वाह ! अचम्मकै कुरा छ बा ! आज लागेको घाम त प्रकाश नदिने खाले पो रहेछ त । यो त तातो मात्रै बनाउने खालको परेछ ।’

यस्तो हुँदाहुँदै उनले दिनैभरि केही देख्न सकेनन् । एकजना सन्त त्यतैबाट गइरहेका थिए । उनी उनको छेउमा गएर सोध्छन्– ‘सन्तजी, आज सूर्योदय पनि भयो तर त्यो प्रकाश दिनेवाला सूर्य होइन रहेछ । त्यसले तातोचाहिँ भयो तर प्रकाश दिएन ।’
सन्त भन्छन्, ‘यस्तो कुरा त सम्भव नै हुँदैन ।’

उनी भन्छन्, ‘होइन, यस्तै नै भयो । बिहानदेखि अहिलेसम्म मैले सूर्यलाई देख्न सकिन । त्यसको तातोपनको महसुस त गरेँ तर सूर्यलाई देख्न सकिन ।’

त्यसपछि सन्तले भने, ‘खराबी त सूर्यमा होइन । समस्या तिम्रो आँखामा भयो । जसका कारणले तिमीले सूर्यको तातोपनको महसुस गरिरहँदा पनि त्यसलाई देख्न सकिरहेका छैनौ ।’

जब मानिसलाई दुःख हुन्छ, कष्ट हुन्छ तब उसले सृष्टिकर्तातिर हेर्न थाल्छ । वास्तवमा यो संसारमा यस्तो कुनै स्थान छैन जहाँ उनी नहोऊन् ! तथापि, तपाईँ उनलाई देख्न सक्नुहुन्न फलस्वरूप तपाईँ उनलाई बुझ्न पनि सक्नुहुन्न । संसारका अनेकौँ झन्झटको बोझ बोकेर तपाईँले आफ्नो जीवन व्यतीत गरिरहनुभएको छ । तपाईँ एकदिन यो संसारमा आउनुभयो अनि एकदिन तपाईँले यहाँबाट जानुपर्नेछ । खालि हात आउनुभएको थियो अनि खालि हात नै जानुहुनेछ ।

पानीको एउटा–एउटा थोपा त्यो समुन्द्रमा हुन्छ भन्ने कुरा त सबैले बुझ्छन् तर के हामीलाई यो एउटा कुरा पनि थाहा छ त– त्यही थोपाभित्र पूरै समुन्द्र अटाएको छ ! अनि, त्यो थोपा तपाईँ हुनुहुन्छ । तपाईँ नै त्यो थोपा हुनुहुन्छ । तपाईँको जीवनमा यो थोपाभित्र पूरै समुन्द्र अटाएको छ तर तपाईँलाई नै थाहा छैन । तपाईँको यो शरीर एउटा थोपो हो । त्यो थोपोभित्र ती सृष्टिकर्ता, ती परम् शक्ति विराजमान छन् तर हामीले तिनलाई देख्न सकिरहेका छैनौँ । यसका लागि तपाईँले आपूmभित्र जाने विधि जान्नु आवश्यक छ । जसद्वारा तपाईँ पनि आपूmभित्र स्थित ती सृष्टिकर्तालाई चिन्न अनि बुझ्न सक्नुहुन्छ ।

बल्बद्वारा प्रकाश प्रवाहित हुन्छ अनि त्यो प्रकाशले गर्दा नै त्यहाँ भएको चीजलाई देख्न सकिन्छ । तपाईँको मनोकामनालाई पूर्ति गर्ने खालको प्रकाश हुँदैन । प्रकाश भएर त्यहाँ रहेको वस्तुलाई मात्र देख्न सकिन्छ । तपाईँले आफ्नो जीवनमा कमी वा अभाव महसुस गर्नुभएको चीज सदा तपाईँसँगै हुन्छ । तपाईँको गन्तव्य तपाईँभित्रै छ । अनि, त्यो गन्तव्य आफ्नो जीवनमा परम आनन्द र परम शान्तिलाई महसुस गर्नु हो ।

यो डिजिटल युगमा हाम्रो ठूलो समस्याको समाधान प्राप्त भएको छ अनि यसलाई समाधान गर्न पनि सहज भएको छ भनेर हामी सोच्छौँ । तथापि, यथार्थमा समस्या के हो त ?

पहिला–पहिला यदि कसैलाई एउटा चिठी लेख्नुप¥यो भने चिठी लेखिन्थ्यो, त्यसलाई पढिन्थ्यो । यदि त्यसमा लेखिएको कुनै कुरालाई परिवर्तन गर्नुपरे त्यसलाई परिवर्तन गरेर खाममा हालेर पठाइन्थ्यो । त्यो पुग्नलाई कुनै बेला त हप्तौँसम्म पनि लाग्थ्यो । यदि कसैले विदेशमा हुनेलाई चिठी पठाएको छ अनि त्यसको प्रत्युत्तर आएपछि त मानिसहरू एकदमै उत्साहपूर्वक त्यसलाई हेर्थे, पढ्थे । आपसमा विचार आदानप्रदान गर्थे । अब त्यस्तो कुरा रहेन ।

अब छिटोभन्दा छिटो चिठी (समाचार) पुगोस् भनेर यसको साधन त हामीले बनाएका छौँ तर चिठीमा के लेख्ने भनेर कसैलाई भनिएको छैन । प्रेम कस्तो हुन्छ ? आदर कस्तो हुन्छ ? संस्कृति कस्तो हुन्छ ? सत्कार कस्तो हुन्छ ? यो कसैलाई थाहा छैन । यस कुरालाई मानिसले बिर्सँदै गइरहेका छन् । तपाईँले चिठी लेखेर जसै ‘सेन्ड’ (पठाउने) बटनलाई थिच्नुहुन्छ अनि केही सेकेन्डपछि चिठी पुगिहाल्छ ! तर के लेख्नुभयो ?

यी सबै कुरा मानिसको हृदयबाट उत्पन्न हुन्छन् । प्रेम, माया, आदर–सत्कार, एक–अर्कालाई बुझ्नु, एक–अर्कालाई चिन्नु ! जब मानिसले आपूmभित्रै रहेको आफ्नो हृदयलाई नै बुझ्दैन भने यी चीज हुनुको के फाइदा होला र ! म यसबारेमा भन्न सक्दिन ।
यसको अर्थ, एउटा कुरा के भयो भने एउटा समय यस्तो थियो जतिखेर कोही मानिस चिठी लेख्न बस्थे भने पहिला सोच्थे– म के लेखूँ ! तर, अहिले मानिसले पठाइदिन्छन्, त्यसमा गल्तीहरू हुन्छन् अनि कतिपय अवस्थामा त के हुन्छ भने उसले भन्न चाहेको नै हुँदैन तर भनिसकेको हुन्छ । त्यसपछि यसको कस्तो परिणाम निस्कन्छ ? लडाइँ हुन्छ, झगडा हुन्छ ।

यो संसारमा यी चीजहरू उपलब्ध भए पनि शान्तिको स्थापना हुन सकेको छैन । अर्थात्, मानिसले शान्तिको महत्त्वका बारेमा अझ पनि बुझेको छैन । यो प्रविधिलाई मानिसले आफ्नो फाइदाका लागि मात्रै नभएर उसका आसपासमा भएका सबैलाई फाइदा हुने गरी उपयोग गर्नेबारेमा पनि सोचोस् ! के यसरी उपयोग गर्ने बारेमा सोच्दछ !

हिजोआज युवाहरूमा एउटा कुरा अत्यन्तैै बढेर गएको छ– त्यो हो निराशा । यसै कारण उनीहरूले आत्महत्या गर्ने कोशिश गर्छन् या त कुनै आपराधिक कार्यतिर उद्यत् हुन्छन् । यदि शान्तिको मार्गमा तिनलाई ल्याउने कुरा गर्ने हो भने यस मार्गमा कसरी आउन सक्लान् ।

यसको मूल कारण के हो भने यो समाजले उनीहरूलाई तिमी यसो गर, तिमी उसो गर भनेर बताइरहेको छ । सामाजिक अन्तरसम्बन्ध त भइरहेको छ । कहिले इमेल, कहिले फेसबुक, कहिले इन्स्ट्राग्राम त कहिले ट्विट गर्छन् । उनीहरूसँग अब आफ्नो हृदयलाई सुन्ने, हृदयले के भनिरहेको छ भनेर जान्ने फुर्सदै छैन । जबसम्म तिनले आफ्नो जीवनमा त्यो सन्तुलन कायम राख्दैनन् किनभने आफ्नो हृदयको कुरालाई पनि सुन्नुपर्छ– ‘म आनन्दमा रहन चाहन्छु । म त्यो शान्तिलाई अनुभव गर्न चाहन्छु ।’ जबसम्म उनीहरू यो आवाजलाई सुन्नका लागि तयार हुँदैनन् तबसम्म निराशा त बढिरहनेछ किनभने दुनियाँको काम नै भनिरहने न हो । दुनियाँले त सधैँ यसो गर, उसो गर भनिरहनेछ ।

एउटा जमाना थियो । त्यतिखेर युवामा यति धेरै बोझ थिएन जति बोझ अहिले छ । किनभने, पहिला त केवल तिनै साथीहरूले भनिरहन्थे जो उनीहरूका नजिकमा हुन्थे । तर, हिजोआज जुन साथीहरू अमेरिकामा छन्, अस्ट्रेलियामा छन् तिनले पनि उनीहरूको जीवनलाई प्रभावित तुल्याइरहेका छन् । यति धेरै मानिसहरूले उनीहरूलाई प्रभाव पारिरहेका छन् । तर, तपाईँको हृदयले केही भनिरहेको छैन । यसर्थ, निराशाको कारण नै यही हो ।

आफ्नो कुरालाई पनि सुन्नुहोस् । एक मिनेटका लागि, तीस सेकेन्डका लागि । फेसबुकमा होइन, हृदयको बुक (किताब) मा के छ । ट्विटरमा के छ भनेर होइन, तपाईँले के बुझ्नुभएको छ । इन्स्ट्राग्राममा के आयो भनेर होइन, तपाईँको अहिलेको सन्तुष्टिको अवस्था कस्तो छ ।

प्रविधि त प्रविधि नै हो तर त्यो प्रविधिले हाम्रो जीवनमा कहाँसम्म र कुन हदसम्म प्रभाव पारेको छ भनेर हामीले नै निर्णय लिनुपर्छ ! यो मेरो जीवन हो अनि जीवन मैले जिउने हो । जब मेरो जीवनमा निराशा हुन्छ तब त्यो प्रविधिलाई हुने होइन, निराशा ममा हुन्छ । त्यसको परिणामलाई मैले नै भोग्नुपर्ने हुन्छ ।

युवाका लागि त एकदमै राम्रो अवसर छ । उनीहरूले आफ्नो हृदयलाई, आफ्नो अन्तस्करणको आवाजलाई सुन्न शुरु गरून् अनि आफ्नो जीवनमा आनन्द ग्रहण गर्न सकून् । यसको अर्थ फेसबुक, ट्वीटर, इन्स्टाग्राम या प्रविधिलाई छोड्नुहोस् भन्ने पनि होइन । तथापि, एउटा सन्तुलन हुनु आवश्यक छ ।

आजको दौड विज्ञान र प्रविधिको हो । तथापि, जसै–जसै हामी उन्नति गर्दै गइरहेका छौँ, अघि बढिरहेका छौँ त्यति नै आपूm आपैmँबाट टाढा भइरहेका पनि छौँ । प्रविधिको प्रयोग विनाशकारी हतियार बनाउन पनि गर्न सकिन्छ वा यसको साटो मानिसको कल्याणका लागि पनि ।

यदि क्याप्टेनले आफ्नो जहाजमा बसेका यात्रुहरूलाई सुरक्षित राख्ने आफ्नो जिम्मेवारीलाई बोध गर्छन् भने त्यस कुराप्रति उनले ख्याल गर्छन् । यदि उनले यो कुरालाई ख्याल गरेनन् भने त्यो जहाज पहाडमा बज्रिन पनि सक्छ ।

यो कुरा मानिसको बुझाइमा निर्भर हुने कुरा हो । यदि उसले कुरा बुझ्न सकेन भने उसले त आपूmलाई जे मन लाग्छ त्यही गर्नेछ । त्यसको विपरीत हामीले यस कुरालाई बुझ्यौँ भने जुनसुकै प्रविधि हामीमाझ उपलब्ध भए पनि हामीले त्यसलाई सदुपयोग गर्छौँ । दुरुपयोगतिर ध्यान दिँदैनौँ ।

यसर्थ प्रविधिलाई सदुपयोग गर्ने कि दुरुपयोग भन्ने यी दुई कुरा मानिसको बुझाइमा निर्भर रहन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्