पृथ्वी जयन्ती ‘नेपाली डायस्पोरा’मा

0
Shares

काठमाडौं । अमेरिका, अस्ट्रेलिया, युरोप र अन्य मुलुकमा रहेका नेपालीले पनि बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

‘हामीले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि भच्र्युयल परिसंवादहरु चलायौं, आफू जहाँ भए पनि मातृभूमि नेपालको समुन्नतिका लागि भूमिका खेल्ने प्रण ग¥यौं’ अमेरिकाको क्यालिफोर्नियास्थित मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले भन्नुभयो– नेपालमा पनि यस वर्ष विशेष उत्साहका साथ पृथ्वी जयन्ती तथा एकता दिवस मनाइयो, हिजो एक दिवसको विपक्षमा उभिनेहरुले पनि वडामहाराजा पृथ्वीनारायण शाहको राष्ट्रनिर्माणको भूमिकालाई स्मरण गरे, सरकारले नै यस दिवसलाई राष्ट्रिय मान्यता प्रदान ग¥यो, हामी प्रसन्न छौं ।

नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने कार्यका अगुवाइ गरिरहँदा अन्य दल पनि यस अभियानमा सरिक भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बरु आम जनताको पर्व भएको धारणा राखेर सबैलाई यस अभियानमा सरिक हुन आमन्त्रण दिनुभएको छ । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै लिङ्देनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोमा धन्यवाद पनि दिनुभएको थियो । ‘पृथ्वी नारायण शाह थिए र त नेपाल छ । नेपाल छ र त प्रचण्ड प्रधानमन्त्री बन्न पाउनु भएको छ,’ उहाँले भन्नुभएको थियो– राष्ट्रनिर्माताको जन्म जयन्ती मनाउन कसैले हिचकिचाउनु पर्दैन ।

‘नेपालमा सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न जाँदा विगतमा प्रहरीको लाठी खाने म नै हुँ, तर आज सबै राजनीतिक दलले कुरा बुझ्दैआएका छन्’ अध्यक्ष पाण्डेले नेपाल समाचारपत्रलाई भन्नुभयो– नेपालभित्र र बाहिर रहेका हामी सबै नेपाली पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारण आज नेपालीको पहिचानका साथ एकताबद्ध भएका छौं, मुलुकमा पनि विभाजनका रेखाहरु पातलिएका छन्, प्रचण्डलाई प्रधानमन्त्रीमा देउवाको समर्थन, मिलेर अघि बढ्नुको विकल्प नभएको सबैले महसुस गर्नथालेका छन्, उत्साहको विषय हो ।