माघ ५ मा सभामुख चुन्ने

0
Shares

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएको घोषणापछि प्रतिनिधि सभाको बैठक माघ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो । अब बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख चयनको कार्यसूची रहने राणाले जानकारी दिनुभयो ।

मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते सोमबार बसेको थियो भने पुस २६ गते मंगलबार दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको छ ।