राप्रपाले पृथ्वी जयन्तीको अवसरमा जलपान समारोहको आयोजना गर्ने

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा जलपान समारोहको आयोजना गरेको छ । यहीँ पुस २७ गते उक्त समारोहको अयोजना गर्ने राप्रपाले जनाएको छ ।

नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती २७ गते परेकाले त्यस दिनलाई ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको हो ।

बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले बताए ।