प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत



काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड सोमबार साँझ उनको निवास धुम्बाराही पुगेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेका थिए।

जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने बताएको देउवाको सचिवालयले जनाएको छ।

कांग्रेस पदाधिकारी बैठक र संसदीय दलको बैठक मंगलबार बिहान बस्ने र त्यहीँ बैठकले प्रचण्ड सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गर्ने बताइएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन्।

प्रतिक्रिया दिनुहोस्