जात र विविधताको मात्र होइन अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली

0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ ।’

संस्कृति र सामाजिक मूल्य मान्यता विर्सिए समाज समाज नरहने उनको भनाइ छ ।