प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दै छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ भने सबै दलका प्रतिनिधिले सम्बोधन गर्नेछन् ।

अधिवेशन सुरु भएको पहिलो बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । आजको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने छन् ।

प्रतिनिधिसभामा १२ राजनीतिक दलका २ सय ७० र चार स्वतन्त्र सांसद छन् । तीमध्ये राष्ट्रिय दल सातवटा छन् । नयाँ सांसदहरुको उपस्थितिले संसद्‌को वातावरण पहिलेभन्दा फरक देखिने निश्चित छ। पहिलोपटक संसद्‍मा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, नागरिक उन्मुक्तिलगायत दलले अधिकांश युवालाई सांसद बनाउँदा पुराना दलले समेत दोहोरिनेको संख्या घटाएका छन् ।