भानुआटुमा ७ म्याग्निच्युडको भूकम्प

0
Shares

एजेन्सी । 

 अस्ट्रेलियाकाे भानुआटु तटमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए ।

 भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो ।  भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए ।

भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो ।