प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीकाे दाबी पेस, ४ पार्टीको समर्थन

0
Shares

विराटनगर । 

प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश १ काे मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।

कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई ६० जना सांसदको समर्थन छ ।

प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।