लोसपाको कार्यकारिणी समितिको बैठक जारी

0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल कार्यकारिणी समितिको बैठक शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पाटीृको धारणा बनाउन लोसपा नेपालको कार्यकारिणी समितिको बैठक शुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पाटीृका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा.सुरेन्द्रकुमार झाले जानकारी दिए ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी छन् । लोसपाको प्रतिनिधिसभामा चार जना सांसद छन् ।