प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की निश्चित

0
Shares

काठमाडाैं  ।

प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दिइएको समय आज साँझ ५ बजे सकिँदैछ । निर्वाचन सम्पन्न भएको करिब डेढ महिनापछि प्रदेश १ मा सरकार गठनको तयारी थालिएको हो ।

यसका लागि प्रदेश १ का प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी गर्न एकसाता अघि(पुस १७ गते)आह्वान गरेका थिए ।प्रदेश १ प्रमुख खापुङले जारी गरेको विज्ञप्तिमा आज (पुस २४ गते) साँझ ५ बजेसम्म दाबी पेस गरिसक्न भनिएको छ ।

प्रदेश प्रमुख खापुङले कुनै दलले स्पष्ट बहुमत नल्याएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् ।

प्रदेश १ मा सरकार गठनका लागि नेकपा एमालेको तर्फबाट हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्ने भएका छन् । तर प्रदेश सरकारको नेतृत्वमा गठबन्धनका माओवादी केन्द्रले दाबी गर्दै आएकाे छ  ।  आज साँझ पाँच बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेश नभए उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्ने छ ।