नेपाली आफैले सरकार बनाएको देखेर बाह्य शक्ति आत्तिए : अध्यक्ष ओली

0
Shares

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको इच्छा बिपरीत नेपालीले आफैले नयाँ सरकार गठन गरेको बताउनु भएको छ ।
डोलेश्वरमा आज आयोजित नेपाल मार्वल ब्यापार संघ नेपालको दशौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले नेपाली आफैले सरकार बनाएको देखेर बाह्य शक्तिहरु आत्तिएको र खाईनखाई सरकारलाई गर्भमै तुहाउन दौडधुप गरिरहेको बताउनुभयो।

देशमा बजलफ्ती रुपमा अस्थिरता थोपरिएको भन्दै उहाँले सधै सरकार बनाउने र ढाल्ने खेलमा नेपाली अल्झिराखुन् भन्नेले को ठुलो दलाल पाईन्छ भनेर खोजी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो ,“अस्थिरता फेरि फर्काउन खोज्ने ,स्थिरता हुनै नदिने ,राजनीतिक अस्थिरताकाबीच भएको स्वाभिमानी सरकार निर्माण सानो देखिए पनि ठुलो खुसीको कुरा हो । ”

सरकार बन्न पाएको छैन बिश्वासको मत लिन नदिने र दलहरुलाई दलाल बनाउने खेल बाह्य शक्तिले खेलिरहेको उहाँको भनाई थियो ।
कसको सरकार बन्यो? ,को प्रधानमन्त्री भएर के मतलब भन्नु उपयुक्त होईन भन्दै उहाँले प्रश्न के भने नेपालीले आफ्नो सरकार आफैं बनाउने कि अर्काले बनाईदिने यो महत्वपुर्ण भएको बताउनुभयो ।

नेपालको विकासमा चासो नहुने बाह्य शक्तिलाई राजनीतिमा चासो किन ?उहाँले प्रश्न गर्नुभयो ।उहाँले मार्वल ब्यापार लगायत सबै ब्यबसायीका समस्या समाधान गर्न सरकारले न्यूनतम साझा कार्यक्रम मार्फत नै कदम अघि बढाउने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले ब्यबसायीका समस्या समाधानमा आफूले बिगत देखिनै सहयोग गर्दे आएको बताउँदै कानुन निर्माण मार्फत समस्या समाधानमा ध्यान दिने बताउनुभयो ।

बागमति प्रदेश सभा सदस्य किरण थापाले देश र उद्योगी दुबैको हित हुने गरी कानुन निर्माणमा जोड दिनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मी संग्रौला,पुर्व अध्यक्ष ओम प्रकाश गोयल ,नेपाल निर्माण सामग्री ब्यापार संघ काठमाडौंका अध्यक्ष अच्युत केसी कटुवालले ब्यबसायीमाथि सरकारले थिचोमिचो गरिरहेको गुनासो गर्नुभयो ।

“स्वदेशी खनिज स्वदेशी हात समृद्ध नेपाल सरकारको साथ ”भन्ने नाराका साथ सुरु भएको अधिवेसन नयाँ नेतृत्व चयन गर्ने भएको छ ।