कांग्रेस संसदीय दलको बैठक बस्दै, बैठकको एजेण्डा- प्रचण्ड सरकारप्रति धारणा बनाउने

0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भएको छ । आज (शनिबार) प्रचण्ड नेतृत्वको सरकारप्रति धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्ने भएको हो ।

बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । एमाले-माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिँदैछन् ।

त्यसका लागि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद सिटौँलाले जानकारी दिए ।