सचिव पोखरेलको प्रश्न- राज्यको एक मात्र कान्तिबाल अस्पताल भएकाले यहाँ उपचार भएन भने कहाँ हुन्छ?

0
Shares

काठमाडौँ ।

कान्तिबाल अस्पतालमा एक वर्षमा कुल १ लाख १६ हजार ४ सय ५३ जना बालबालिकाको ओपिडि सेवा प्रदान गरेको छ । कान्ति बाल अस्पतालको ६१ औं वार्षिकोत्सवका अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/७९ मा कुल ८ हजार ६० जना बिरामी अस्पताल भर्ना नै भएका थिए भने १ लाख १६ हजार ४ सय ५३ जनाले ओपिडि सेवा लिएको अस्पतालका निर्देशक डा युवा निधि बस्यौलाले बताउँनु भयो ।

जसमा ५ सय २६ जनाको शल्यक्रिया गरियो भने ४४ हजार ८ सय ९२ जनाले आकस्मिक सेवा लिए । आठ हजार ६० अस्पतालमा भर्ना भएका मध्ये ३ दशमल्भ ३ प्रतिशतको मृत्यु भएको छ । अस्पतालमा भएका ६० प्रतिशत बेडमा बिरामी भर्ना भएका छन् । एक हजार ३ सय ५२ जनाले फिजियोथेरापी सेवा लिएको उहाँले जानकारी गराउँनुभयो ।

प्रतिवेदनमा हाइड्रोशिलका १ सय १५, गरिब तथा विपन्न २ सय ४८ नवजात शिशुको, १ सय ३९ जना मिर्गौला रोगीको निःशुल्क उपचार गरिएको उल्लेख गरिएकोछ । त्यसैगरी, २ सय ९४ जना क्यान्सर रोगी, सामाजिक सेवा ईकाइबाट ९ सय ५८ जनाको निःशुल्क उपचार गरिएको डा बस्यौलाले बताउँनुभयो । उहाँले आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमअन्तर्गत ७ सय ६१ जनालाई सेवा प्रदान गरेको बताउँनु भयो ।

उहाँले कान्तिबाल अस्पताले सम्पूर्ण नेपाली बालबालिकाहरुले सर्वसुलभ रुपमा उपचार सेवा उपलब्ध गराउँने उदेश्यले ५० बेडबाट शुरु भै हाल ३ सय ३० बेडमा संचालित रहेको र आगामी बर्षमा थप सेवा सुविधा सहित अघि बढ्ने लक्ष्य लिएका छौ । अस्पतालको भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्था नेपाल सरकार तर्फ २ सय ६४ जना अस्पताल विकास समिति तर्फ २ सय ९६ जना गरि ५ सय ६० जना दरबन्दी रहेको छ । तरपनि नेपाल सरकारबाट १ सय ८२ जना अस्पताल विकास समितिबाट १ सय ४५ जना, सरसफाईकर्मीहरु ७८ जना, सुरक्षा गार्डहरु २४ जना र काजमा आएका कर्मचारीहरु ५ जना र काजमा गएका कर्मचारीहरु ९ जना र छात्रबृत्ति करारमा २१ जना कार्यरत छन् र साथै मासिक ज्यालादारीमा ७९ गरि कुल ५ सय ३४ जना कर्मचारी कार्यरत छन् भन्नुभयो ।

उहाँले कान्ति बालअस्पतालको १ सय रोपनी जग्गामा १ हजार बेडको क्षमता बृद्धि गर्ने गुरुयोजना रहेको कार्यथालना भैसकेको बताउँनु भयो । आकस्मिक २५ बेड, आईसियु लक्ष्य ५२ बेड भएपनि ४६ बेड संचालनमाछ । त्यसैगरी मेजर र माईनर शल्यक्रिया कक्ष एक एकवटा छ । कोभिडका संक्रमणका ५ सय २ जना उपचारको लागि आएकोमा २५ जनाको मृत्यु भएको र अन्यको उपचार भएको जानकारी गराउँनुभयो ।

६१ औं बार्षिकोत्सकका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवडा.रोशन कुमार पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै संस्थाको सोभिनियरको समेत विमोचन गर्दै मनतब्य राख्ने क्रममा स्वास्थ्य मन्त्रलाय र कान्ति बाल अस्पतालले राम्रो काम गरेको महसुस भएको छ भन्नुभयो ।

उहाँले राज्यको एक मात्र बाल अस्पताल भएकाले यहाँ उपचार भएन भने कहाँ हुन्छ ? बाल स्वास्थ्यको उपचारको बिषयमा कान्तिको नाम आउँदा अलिकति भएपनि शिर ठाडो पारेर हिड्ने मौका दिनुभएको छ । अहिलेको अवस्थामा डिपिआर गरेर भवन बनाउने बिषयलाई सहजीकरण गर्न अस्पताल र मन्त्रालय दुबै तयार छ र छिटो होस भन्ने नै चाहन्छौ । कान्ति बाल अस्पतालको जनशक्तिका लागि पनि ओएनएम बनाई सकेका छौ र ५ सय बेडको स्वीर्कतिका लागि अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पेश गरिसकिएको छ । यसका लागि निरन्तर फलोअप गर्नु आवश्यक छ भन्नुभयो ।

गत बर्ष स्वास्थ्यको सानो सहयोगले नर्सिङको भवन बनाएर सही सदुपयोग भएको अवस्थामा भोलीको दिनमा पनि सहयोग गर्न घच्घच्याएको महसुस भएकोछ । यस बर्ष पनि वेष्ट मेनेजमेन्टमा बजेट हालेका छौ । जाईकाले गरेको सहयोगको पनि उहाँले मुक्त कण्ठले प्रशसा गर्दै सहयोगीहरु र काममा निरन्तरता दिनुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सचिव पोखरेलले अस्पतालका सहयोगी दाता, अवकास प्राप्त कर्मचारी, २० बर्षदेखि सेवा गरिरहेका स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई सम्मान तथा प्रशसा पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जायिका नेपालका प्रतिनिधि आकिमित्सु अकुबोले नेपालको बालबालिकाको उपचारका क्षेत्रमा रोग पहिचान गर्न आवश्यक पर्ने सीटी स्क्यान र एमआरआई मेशिन छिटै उपलब्ध गराउँने सहमती भैसकेको जानकारी गराउँनुभयो ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा.विएन शाहले कान्ति बाल अस्पताललाई नजिकबाट हेर्ने अवसर ४० बर्ष देखि गर्दै आएको छु र आज सुविधा सम्पन्न भएकोमा हृदय देखि नै धन्यवाद दिन चाहन्छु । नेपालमा कुल जनसंख्याको ४० प्रतिशत बालबालिकाहरुको नेतृत्व गर्ने अस्पतालको रुपमा स्थापिमत कान्ति अस्पतालले उपचार मात्र नभै अध्ययन अनुसन्धानका क्षेत्रमा समेत भिटामिन ए र पखालाको औषधि जिन्क पनि कान्ति अस्पतालले नै गरेको हो । यो अहिले विश्वकै लागि सिमित स्रोत साधन भएपनि विश्व सामु नमून बन्न सक्छ भन्ने प्रमाणित गरेको छ । अझै विश्वस्तरिय अनुसन्धान गर्न कान्ति अस्पतालको टीम सक्षम छ । नेपालमै अनुसन्धान गरौं भन्नुभयो ।

कार्यत्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले न्यूनतम सेवा मापदण्डको पालना गर्दै बालबालिकाका लागि स्वास्थ्य सेवा दुरदराजसम्म पुगोस भन्नुभयो । त्यसैगरी स्वास्थ्य मन्त्रालयका अर्का सचिव देवकुमारी गुरागाई, अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, अस्पतालका अध्यक्ष, नर्सिङ महाशाखा प्रमुख रोशनी लक्ष्मी तुईतुई लगायतका वक्ता हरुले अस्पतालको बृहत्तर योजना र बस्तुस्थितिका बारेमा प्रकाश पार्नुभएको थियो ।