अमेरिकामा ३ दिनमा ११ पटक निर्वाचन : अझैँ चयन हुन सकेन सभामुख

0
Shares

अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’को सभामुख चयन हुन सकेको छैन । ३ दिनमा ११ पटक सभामुखको लागि निर्वाचन हुँदा पनि कसैले बहुमत ल्याउन सकेका छेनन् ।

हाउसमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यसैले २२२ सिट भएको रिपब्लिकन पार्टीको उम्मेदवार केभिन म्याक्कर्थीले सहजे जित्ने अनुमान गरिएको थियो । सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन चाहिन्छ ।

तर, बहुमत हुँदा पनि रिपब्लिन पार्टीका उम्मेदवार जित्न सकेका छैनन् । कारण उनलाई उनकै दलका सांसदहरुले विश्वास गरेका छैनन् र ११ पटकसम्म भएको निर्वाचनमा मत दिएनन् ।

बिहीवारसम्म पटक भएको निर्वाचनमा कुनै परिणाम ननिस्किएपछि शुक्रवार पनि पाँचपटक निर्वाचन भयो । तर, रिपब्लिकन पार्टीका म्याक्कर्थीले आफ्नो मत झनै गुमाएका छन् ।

बिहीवारसम्म २०७ सांसदको मत जुटाइसकेका उनले ११ औं चरणसम्म आइपुग्दा २०० सांसदको मत पाएका छन् । जसकारण अमेरिकामा सभामुख चयन प्रक्रियामा अन्यौला छाएको छ ।

म्याक्कर्थीलाई राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका डोनाल्ड ट्रम्पको समर्थन भए पनि ट्रम्पका कट्टर समर्थक सांसदहरु नै म्याक्कर्थीको विरोधमा छन् । डेमोक्रेटहरु पनि उनको नाममा विश्वस्त हुन नसक्दा यो समस्या थप बल्झिएको हो ।

रिपब्लिकन पार्टीले सभामुख चयनका लागि देखिएको समस्याबारे छलफल गर्न आफूहरु तयार रहेको बताएको छ । डेमोक्रेट पार्टीले पनि रिपब्लिकनलाई सहमतिमा आउन भनिसकेको छ । राष्ट्रपति जो बाइडेनले पनि रिपब्लिकनलाई सभामुख चयनमा लचकता अपनाउन भनिसकेका छन् ।

नयाँ सभामुख चयन नहुँदा केही साता अघि भएको निर्वाचनबाट निर्वाचित हाउसका नयाँ सदस्यहरुको शपथ ग्रहण हुन सकेको छैन। र, तीनदिनयता संसद संचालन पनि हुन सकिरहेको छैन । १६४ वर्षपछि अमेरिकी सदनमा यस्तो अवस्था सिर्जना भएको थियो । त्योबेला ९ पटकसम्म सभामुख निर्वाचनका लागि मतदान भएको थियो ।