सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार

0
Shares

काठमाडौं । 

साताको चाैथाे कारोबार दिन बुधबार सेयर बजारमा ६४ बढेको छ । नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । आज ३.१५ प्रतिशतले सेयर बजार बढेकोे हो ।

मंगलबार नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागि २०६१.०६ विन्दुमा आएर रोकिएको थियो ।साथै, २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, सानिमा माइ हाइड्रोपावर १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

यता, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त बित्तीय संस्था, मिर्मिरे लघुवित्त बित्ती संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड र द्यौलागिरि लघुवित्तको  १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ५ कम्पनीमा ओरालो लागेको छ ।

आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै ट्रेडिंगको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । इन्भेष्टमेन्ट, म्यानुफेकचरीङ एण्ड प्रोसेसिङ र माइक्रोफइनान्सको ५ प्रतिशत भन्दाबढीले मूल्य वृद्धि भएको छ । बाँकी सबै उपसुचहरुमा पनि वृद्धि भएको छ ।