सात दिनभित्र सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान



धनगढी । 

सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। बुधवार प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरे। प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए।

दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले ढुंगानाले जानकारी दिए। संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा ९२० अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

यहाँ १९ सिटसहित नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ। माओवादी केन्द्रको ११ , नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एसको ४ , राप्रपा १ र एकजना स्वतन्त्र सांसद छन्। संघीय सरकारमाजस्तै सुदूरपश्चिममा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बन्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्