एकीकृत समाजवादीका सांसदहरू सम्मानित हुँदै



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका सांसदहरू सम्मानित हुने भएका छन् । आज (बुधबार) ललितपुरको हिमालयन होटलमा आयोजित एक कार्यक्रमका बीच सांसदहरू सम्मानित हुने भएका हुन् ।

निर्वाचित सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । हिमालयन होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले उनीहरूलाई सम्मान तथा बधाई दिने कार्यक्रम तय गरिएको छ ।

यद्यपि कार्यक्रमको आयोजना भने एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको बताईएको छ । प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् ।

सम्मान तथा बधाई कार्यक्रममा एमाले–माओवादी केन्द्रको गठबन्धन सरकारमा एकीकृत समाजवादी जाने वा नजाने विषयमा पनि थप छलफल हुने सम्मानित नेता झलनाथ खनालका स्वकीय कृष्ण भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्