प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियु (क्रान्तिकारी)को पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज (बुधबार) बिहान ११ बजे कीर्तिपुरमा हुने माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को पदाधिकारी बैठकलाई उनले सम्बोधन गर्ने भएका हुन् ।

अनेरास्ववियु (क्रान्तिकारी)का सबै पदाधिकारीलाई निर्धारित समयमै बैठकमा पुग्न निर्देशन दिइएको त्रिभुवन विश्वविद्यालयका इञ्चार्ज लोकेन्द्र ऐरीले जानकारी दिए ।

ऐरीले भने, ‘कीर्तिपुरमा आयोजना गरिएको बैठकलाई प्रधानमन्त्रीले पहिलो पटक सम्बोधन गर्नु लाग्नु भएको छ । यसर्थ अनेरास्ववियु (क्रान्तिकारी)का ६१ जना पदाधिकारीलाई अनिवार्य अपस्थिति हुन आग्रह गरिएको छ । बैठकमा प्रधानमन्त्रीले पार्टी, सरकार आगामी रणनीतिका बारेमा पनि छलफल गर्नुहुनेछ ।

बैठकमा विगतमा भए गरेका गल्ती, कमजोरी र विवादका बारेमा पनि थप छलफल हुने इञ्चार्ज ऐरीले बताए ।

प्रतिक्रिया दिनुहोस्