सांसदद्वय माया राई र प्रेम आलेले लिए शपथ



काठमाडौं ।

प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् ।

आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन्।राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्