सांसद आले र राईको शपथ आज

0
Shares

काठमाडौं ।

पुस ७ गते शपथ ग्रहण गर्न छुटेका दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज (मंगलबार) शपथ ग्रहण गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रेम आले र नेपाली कांग्रेसकी नेतृ माया राईले शपथ लिन लागेका हुन्।

उनीहरूको शपथग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद् सचिवालयले जनाएको छ । अन्य सांसदहरूले पुस ७ गते शपथ लिएका थिए ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरूलाई पनि शपथ ग्रहण गराउने छन् । आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।