काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्ने भएको छ । उक्त समितिको बैठक यहीँ पुस २४ गते भएको हो ।
बैठकले आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने नेपाल समाजवादी पार्टीले जनाएको छ । काठमाडौंमा बस्ने बैठकमा पार्टीको आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
यसका साथै नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको विषयमा पनि छलफल नथा निर्णय गर्ने पार्टी प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।











प्रतिक्रिया