एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि



काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ ।

पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारमा नजाने प्रस्ताव पेस गरेका छन्। नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखेका थिए।

उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्