एकीकृत समाजवादीको पोलिटब्युरो बैठक पुनः बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक पुनः बस्ने भएको छ । आज (मंगलबार) बिहान ११ बजे उक्त समितिको बैठक बस्ने भएको हो ।

हिजो (सोमबार)बाट शुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्नेक्रम आज पनि जारी रहने बताइएको छ । बैठकमा पार्टी एकता, सरकारमा सहभागी हुने या नहुने विषयमा नेताहरुले धारणा राख्ने छन् ।

यसअघि पार्र्टी स्थायी कमिटी बैठकले सरकारमा जाने या नजाने विषय टुङ्गो लगाउन नसकेपछि आज पोलिटब्युरो बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्