अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिदा चार जनाको मृत्यु



एजेन्सी । 

अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवमाथि उत्तानो परेको थियो ।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलले भने ।

त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टका पंखाहरु केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो ।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई व्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ । यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रसत हेलिकोप्टरको भग्नावेशषको जाँच गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्