लुम्बिनी प्रदेश : माओवादी केन्द्रबाट महरा, काँग्रेसबाट चौधरी र एमालेबाट गिरी संसदीय दलका नेतामा चयन 

0
Shares

बुटवल ।

लुम्बिनी प्रदेशमा प्रमुख ३ दलले संसदीय दलको नेता चयन गरेका छन् । नेपाली काङ्ग्रेसबाट दाङका डिल्ला चौधरी , नेकपा एमालेमा रुपन्देहीकाका लीला गिरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा रोल्पाका जोखबहादुर महरा  दलको नेतामा चयन हुनु भएको छ । तिनै जना सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।

एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज रहेका गिरीलाई सर्वसम्मत चयन गरेको छ । संसदीय दलको नेता बनेसँगै उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो ।

गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य महरा निर्वाचित हुनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा दाङका चौधरी सर्वसम्मत चयन हुनु भएका हो । दलको नेताका लागि संस्थापन पक्षका चौधरी, दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित हुनु हुन्छ ।

संविधानसभाका सदस्य समेत रहेका उनी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् । लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी काँग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन् ।