कामपाले नरोके कडा आन्दोलन गर्ने चेतावनी

खुलामञ्चकमा भुमिगत पार्किङको स्थानीय र अभियन्ताकद्धारा विरोध



काठमाडौं ।

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगन गर्न मागगर्दै स्थानीयवासीले काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनुअघि अभियन्ता र स्थानीयले कामपा अघि साङले जुलुश निकालेर महानगरको मुलद्धार घेराउ गरेका थिए । उनीहरुले खुला मञ्चलाई खुलै राख्न चेतावनी दिएका थिए ।

मेयर बालेन्द्र साहलाई भेटेर ज्ञापनपत्र बुझाउन खोजेका अभियन्ता र स्थानीयलाई मेयर साहले वेवास्ता गरेको आरोप लगाएका छन् । हप्तादिन अघिदेखि ज्ञापनपत्र बुझाउन मेयर ज्युलाई आग्रह गरेका थियौ, हिजो आइतबार अयुपाई टुडिखेलका अध्यक्ष सञ्जय अधिकारीलाई इमेल गरेर नभ्याउने जानकारी गराउनुभएको थियो–अभियन्ता गणपतिलाल श्रेष्ठले भन्नुभयो ।

अयुपाई टुडिखेलका संयोजक अधिकारीले आइतबार साझ आफुले माघ १ गतेसम्म कुनैपनि भेटघाट नगर्ने बताउदै इमेल पठाएको बताउनुभयो । भन्नुभयो– यतिधेरै काठमाडौंका स्थानीय र अभियन्ता उपस्थित भएको कार्यक्रममा आउने विश्वास लिएका थियौ, आउनुभएन । उहाँले सो विषयलाई गम्भीरतापुर्वक नलिए अयुपाई थप आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
पछिल्लो समय अधिकांस काममा असफल हुदै गएका मेयर साहले खुलामञ्चमा भुमिगत पार्किङ जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले मेयर साहलाई आफ्नो पुर्ववत निर्णय तत्काल फिर्तालिन आग्रह गरेका थिए ।

अभियन्ता अशोक सिद्धि तुलाधरले कामपाले खुलामञ्चमा भुमिगत पार्किङ बनाउने योजना तत्काल फिर्ता नलिए अक्युपाई टुडिखेलको आन्दोलनलाई थप शसक्त बनाउने बताउनुभयो । कामपा घेराउ गर्न पुर्वमन्त्री भीमसेनदास प्रधान सहित सयौंको संख्यामा पुगेका थिए ।

‘मेयर साह आफैले ज्ञापनपत्र बुझ्नुहोला जस्तो लागेको थियो तर इमेल पठाएर पन्छिनुभयो । हामीले उपमेयरलाई बुझाएको ज्ञापनपत्र कार्यान्वयन नभए उपत्यकाबासीनै आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ’–संयोजक अधिकारीले भन्नुभयो ।
उनीरुहले मेयर साह नआएपछि उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ज्ञापनपत्र बुझनुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताउनुभयो । भन्नुभयो–खुलामञ्मै भुमिगत पार्किङ बनाउनुपर्छ भन्ने छैन, हामी अर्को विकल्प खोजेर अघि बढ्ने विषयमा छलफल चलाउनेछौ ।
‘पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन, भन्ने हो । वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै नपर्ने उहाको भनाई थियो ।

ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा कांग्रेस नेता भिमसेन प्रधानले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ भएकोले मास्न नहुने बताउनुभयो । भन्नभयो– मेयर ज्युलाई भेटेर ज्ञापनपत्र बुझाउन खोजेका थियौ, आउनुभएन तर हाम्रो मागप्रति गम्भीर भएर अघि बढ्न चेतावनी दिन चाहन्छौ । ‘वरिपरि सबैतिर पार्किङ हुदा फेरि त्यहीँ किन चाहियो ? काठमाडौको जनभावाना नसमेट्ने हो भने मेयर, उपमेयरको केही हैसियत नहुने’? उहाँको भनाई थियो ।

अभियन्ताले टुँडिखेललाई पूर्ववत अवस्थामा फर्काउन माग गर्दै यसअघि तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको थियो । सो अभियानमा ऐक्यबद्धता जनाउन हिजो सोमबार विश्व स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गरिएको हो । संयोजक अधिकारीले भन्नुभयो– पहिलो चरणमा कामपालाई ज्ञापनपत्र दिएका छौ, केही दिन कुर्नेछौ, यदी माग पररा नभए संसदमा यो विषय उठाएर आन्दोलनलाई थप शसक्त बनाउनेछौं ।

उहाँले सम्पदा संरक्षण गर्ने जिम्मा स्थानीयतहको भएतापनि महानगरले एकलौटी निर्णय गरेर राजधानीमा वर्षातमा पानीको ‘रिचार्ज सेन्टर’ भनेर चिनिएको खुलामञ्चलाई भुमिगत पार्किङ बनाउने योजना ल्याएको आरोप लगानुभयो । ‘अब हामी उपत्यकाका प्रतिनिधि सभाका सदस्यसंग भेट्नेछौ , अरु जनप्रतिनिधि समक्ष पुगेर मेयर वालेन्द्र साहले अघि सारेको पार्किङ बनाउने योजनाको कडा विरोध गर्नेछौ’–कामपा घेराउ गर्न पुगेको अभियन्ता र स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्