एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक जारी



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक जारी छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।

कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।

आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी उपमहासचिव खतिवडाले एमालेसँगको पार्टी एकता बाहिरी हल्ला मात्रै भएको प्रतिक्रिया दिएका थिए   । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्