लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी



काठमाडौं ।

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् । संस्थापन पक्षका चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन् ।

दाङ क्षेत्र नम्बर ३ (१)बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए ।

चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्