सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ

0
Shares

काठमाडौं ।

बारा जिल्लाको पचरौता नगरपालिका ४ गुलरिया सीमा ईलाकाबाट कम्मरमा बाधेको होस्टाईलभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहानी-१६ का ४० वर्षीया चन्दन कुमारलाई सशस्त्र प्रहरीले उक्त पेस्तोल र ७ राउन्ड गोलीसहित पक्राउ गरेकाे हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर।एफ।आई।को एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होस्टाईलभित्र राखेको ४ राउण्ड गोली समेत फेला पारेको हो ।

साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको छ । पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाईएको छ ।

यसअघि सोही जिल्लाको महागढी नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षिय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएका थियो । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पाठएकोमा बाटोमा नै मृत्यु भएको थियो । सो घटना पछि सशस्त्र प्रहरिले सिमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।