गृहमन्त्रीकाे आह्वानमा सिडिओ र जिल्ला सुरक्षा प्रमुखको संयुक्त बैठक बस्दै

0
Shares

काठमाडौं  ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने देशभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बस्न आह्वान गरेका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठकमा आह्वान गरेका  हुन् ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।