धनगढी । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । शनिबार बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।
रावल कंचनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन् । उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन् ।
यस्तै दलको उपनेतामा सन्तोष थापा शर्मा चयन भएकी छन् । सुदूरपश्चिममा एमालेका १० सांसद छन् ।
प्रतिक्रिया