पोर्चुगिच स्ट्राइकर रोनाल्डो साउदी क्लब अल नासरसँग अनुबन्धित



पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरसँग अनुबन्धित भएका छन् । विवादस्पस्ट अन्तर्वार्तापछि इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि फ्रि एजेन्ट बनेका रोनाल्डो साउदीको क्लबमा २०२५ सम्मका लागि अनुबन्धित भएका हुन् ।

अल नासरमा फुटबलको इतिहासमै सबै भन्दा ठूलो रकम रोनाल्डोले पाउने बीबीसीले जनाएको छ। उनले हरेकवर्ष १७७ मिलियन पाउन्ड भन्दा बढी पाउने बताइएको छ ।

नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोको अनुबन्धनलाई ‘इतिहास बनिएको’ उल्लेख गरेको छ ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट कुल ३४६ खेल खेल्दै १४५ गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडमा २००३ बाट २००९ सम्म खेलेर उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए । उनले मड्रिडमा २०१८ सम्म खेले। त्यहाँबाट इटालियन क्लब युभेन्टसमा तीन वर्ष खेलेर फेरि २०२१ मा युनाइटेड नै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्